लामो दूरीका सवारी सञ्चालन अन्योलमा

काठमाडौँ : भदौ १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मतभेद देखिएको छ । यातायात व्यवसायीले सामाजिक दूरी कायम गर्ने विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।

प्राविधिक विषयमा नै विवाद रहे पनि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण भदौ १ देखि नै लामो दूरीका यातायात चल्ने विषयमा पनि प्रश्न रहेको छ । चल्ने भएको खण्डमा आफूहरू लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी चलाउन तयार रहेको भए पनि सुरक्षा मापदण्डबारे कुनै जानकारी नै नभएको महासङ्घका महासचिव सरोज सिटौलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाडी चलाउने तयारीमा छौँ तर सुरक्षा कस्तो हुने ? अन्योल छ, हामीलाई केही भनिएको छैन । ” कति यात्रु चढाउने, बीचमा चढाउन वा ओराल्न पाइने कि नपाइने भन्ने विषय अन्योलमा नै रहेको छ । छोटो दूरीको मापदण्ड लामो दूरीलाई काम नलाग्ने उहाँको भनाइ छ । उहाँले मास्क तथा सेनिटाइजर प्रयोगको कुरा समान्य भएको भन्दै यात्रुको व्यवस्थापनबारे ठोस निर्णय हुनुपर्ने बताउनुभयो । सबै सिटमा यात्रु राख्न पाइने वा नपाइने कुरा पनि लामो दूरीलाई नभनिएको सिटौलाको भनाइ छ ।

Advertisement

उता कोरोना सङ्क्रमण फैलने क्रम जारी रहेको र केही जिल्ला सिलबन्दी गरिएको अवस्थामा लामो दूरीका सवारी सञ्चालन हुन्छन् वा हुन्नन् भन्ने नै भन्न नसकिने अवस्था छ तर व्यवसायी चलाउन तयार रहेको र सरकारले के गर्छ भन्नेमा नै रहेको पनि सिटौलाले बताउनुभयो ।,यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top