रौतहटमा निषेधाज्ञा उल्लंघन गर्ने १५० जना पक्राउ

२५ साउन ७७, आइतबार

२५ साउन, रौतहट ।
कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञाको पहिलो दिन शनिवार रौतहटमा १५० जना पक्राउ परे।

Advertisement

निषेधाज्ञा उल्लंघन गरेकाहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। निषेधाज्ञा उल्लंघन गर्ने सवारी गर्दै बिनापास चलाइएका १७५ सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ।

तीमध्ये १४४ मोटरसाइकल, १९ ट्रक, सात पिकअप भ्यान तथा पाँच ट्याक्टर छन्। नियन्त्रणमा लिइएका सबै सवारी साधनलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लाभरि ३२ साउनसम्म निषेधाज्ञा लागू गरिएको छ। तर, अत्यावश्यक सेवाबाहेकका सवारीसाधन चलिरहेपछि प्रशासनले कारबाही थालेको हो।

Advertisement

अत्यावश्यक कामबाहेक घरबाट निस्कन प्रतिबन्ध लगाइएको भए पनि ग्रामीण क्षेत्रमा भने सर्वसाधारण निस्किइरहेका छन्। पहिलो दिन मुख्य सडकमा निस्कने मानिस तथा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दोस्रो दिन आइतबार भने बिहानदेखि चहलपहलमा निकै कमी आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top