पहिरोमा परी १० वर्षीय बालकको मृत्यु

२५ साउन ७७, आइतबार

२५ साउन, बाजुरा ।
बाजुराको गौमूल गाउँपालिका –५ ग्वानीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

Advertisement

घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गौमूल–४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले जानकारी दिए ।

शनिबार राति ग्वानी लेकमा सुतिरहेका बेला माथिबाट पहिरो आउँदा भीके भाग्न सफल भएको र छोरा भाग्न नसकेका कारण च्यापिएर मृत्यु भएको स्थानीयवासी गणेश रोकायाले बताए । पहिरामा परी चार बाख्रा मरेको र अन्य पशुचौपाया घाइते भएका छन् ।

Advertisement

अहिले थप उद्धारका लागि गौमूल गाउँपालिका घटमुनास्थित प्रहरीचौकीबाट घटनास्थलमा टोली गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानीय तहका सयौँ बस्ती पहिराको उच्च जोखिममा तथा सडक, बिजुली, टेलिफोनलगायत सेवा अवरुद्ध छन् । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top