अस्पताल चहार्दाचहार्दै शुक्रबार ज्यान गुमाएकी २० वर्षीया युवतीमा कोरोना पुष्टि

२५ साउन, वीरगञ्ज । वीरगन्जमा शुक्रबार राति मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

शुक्रबार राति सवा एक बजे मृत्यु भएकी उनको पछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको कोरोना अस्तपाल गण्डकले जनाएको छ ।

उनमा श्वासप्रश्वासको समस्या देखिएपछि शुक्रबार मध्यरातमा गण्डक अस्पताल ल्याइएको थियो। तर उनलाई अस्पतालले ब्रट डेथ घोषणा ग¥यो।

Advertisement

उनलाई परिवारले सात वटा अस्पताल लगेका थिए। तर कुनै पनि अस्पतालले भर्ना गर्न नमानेपछि उनलाई गण्डक पु¥याइएको थियो ।

अहिले युवतीको शव अस्पतालमै राखिएको छ। शव व्यवस्थापनको लागि नेपाली सेनालाई खबर गरिएको अस्पतालले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top