एकताका पक्षमा नेकपा सांसदहरुको हस्ताक्षर सार्वजनिक

२४ साउन ७७, आइतबार

२५ साउन, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले पार्टी एकता जोगाउन नेतृत्वलाई दबाब दिने भन्दै ६१ जनाको हस्ताक्षर संकलन गरी सार्वजनिक गरेका छन्।

आइतबार दिउँसो सिंहदरबारमा नेकपा संसदीय पत्रकार सम्मेलन गर्दै उक्त हस्ताक्षर सार्वजनिक गर्दै सांसदहरुले पार्टी नेतृत्वलाई बुझाएका हुन्। ६१ जनामा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदहरु छन्।

पार्टीमा विभाजनको खतरा बढेपछि नेकपा संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा तीनवटै गुटका सांसदहरुले एकताका पक्षमा हस्ताक्षर सार्वजनिक गरेका हुन्। प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन्। यस्तै राष्ट्रियसभामा नेकपाका ५० सांसद रहेका छन् ।

Advertisement

पार्टी विभाजनको अवस्थामा पुग्न थालेपछि एक महिनाअघि देखि नै सांसदहरुबीच हस्ताक्षर संकलन अभियान सुरु भएको थियो। प्रधानमन्त्री र पार्टी अध्यक्ष रहेका केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपा विभाजनको संघारमा छ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधव कुमार नेपाल समूहको समेत साथ लिएर ओलीलाई हटाउन खोजेका छन्। तर ओलीले आफूले कुनै हालतमा दुवै पदबाट राजीनामा नदिने बरु पार्टीले कारबाही गरे छुट्टै पार्टी घोषणा गरेर अघि बढ्ने चेतावनी दिँदै आएका छन्।

Advertisement

यही बेला सांसदहरुले विभाजनका विरुद्ध खबरदारी गर्दै पार्टी एकताका पक्षमा दललाई हस्ताक्षर बुझाउन थालेका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top