Nepal Times
Nepal Times
3
Shares

चिनियाँ पर्यटकको मृत्युप्रति किमद्वारा दुख व्यक्त

चिनियाँ पर्यटकको मृत्युप्रति किमद्वारा दुख व्यक्त

बेइजिङ, ११ वैशाख  ः उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटनामा परी भएको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

आइतबार राति प्योङयाङ दक्षिण भागमा भएको यस दुर्घटनामा ३२ चिनियाँ र चार उत्तर कोरियाली नागरिक मारिएका थिए, भने दुई चिनियाँ नागरिक घाइते भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।

यस घटनापछि नेता किमले उत्तर कोरियास्थित चिनियाँ राजदूतलाई व्यक्तिगतरुपमा भेटघाट गरेका छन् । साथै त्यसपछि अस्पताल गएर चिनियाँ घाइते नागरिकलाई समेत भेटवार्ता गरेको बताइएको छ ।

एक स्थानीय समाचारपत्रले अस्पतालमा गएर चिनियाँ नागारिकसँग भेटघाट गरेको नेता किमको फोटो छापेको बताइएको छ ।

उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हिजो नै अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका थियो ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.