बैशाख ११, जनकपुर : प्रदेश २ काे सरकारले चालू आर्थिक वर्षको बजेट प्रस्तु्त गरेको छ । चालू आवको लागि १ अर्ब २ करोड ५७ लाखको बजेट आर्थिक मामिला तथा योजनामन्त्री(अर्थ मन्त्री) विजयकुमार यादवले प्रस्तुत गरेका हुन् ।
मंगलबार प्रदेश सभामा प्रस्तुत गरिएको बजेटमा संसद विकास कोष अन्तर्गत प्रत्येक सांसदलाई १०/१० लाख रुपैयाँको दरले उपलब्ध गराउने उल्लेख गरिएको छ । त्यस्तै ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’का लागि प्रदेश सरकारले ८० लाख बजेट छुट्याइएको छ ।
कृषि क्षेत्रमा ९ करोड र मुख्यमन्त्री राहत कोषको लागि २ करोड बजेट बिनियोजन गरिएको छ । मन्त्री यादवले बजेट प्रस्तुत गरेपछि प्रदेश सभामा त्यसबारेमा छलफल भइरहेको छ ।