एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अध्यागमन विभागको सेवा बन्द

एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अध्यागमन विभागको सेवा बन्द

२६ साउन, काठमाडौँ । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि विभागको भिसा सम्बन्धि सेवा बन्द गरिएको छ ।

विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।

कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेश निषेध गरिएको छ ।

विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.