मेडिसिटी अस्पतालमा उपचाररत एक संक्रमित पुरूषको मृत्यु

२६ साउन, काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

Advertisement

कीर्तिपुर ट्याङ्लाफाँट निवासी ती पुरुषको आज सोमबार बिहान ६ बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।

मृतक पुरूषमा भाइरल निमोनिया र पुरानो मुधमेहको समस्या देखिएको थियो । उनलाई गत साउन १५ गते अस्पताल भर्ना गरिएको थियो । स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो ।

Advertisement

अहिले मृतकको शव अस्पतालमै राखिएको र सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top