कोरोनाकै लक्षण देखिएर ज्यान गुमाएका पुरुषमा मृत्युपछि कोरोना पुष्टि

२६ साउन ७७, सोमबार
Share this
680shares

२६ साउन, जनकपुरधाम ।
धनुषामा कोरोनाको लक्षण देखिएर मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

केही दिनदेखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण देखिएपछि आइतबार मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए। मृतक धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का हुन्।

विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका ती पुरुषमा करिब ५ दिनदेखि रुखाखोकी, टाउको दुख्ने लगायतको समस्या देखिएको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोद मण्डलले बताए।

Advertisement

मृतक दैनिक आफ्नो गाउँ ललियाबाट कामका लागि जनकपुरधाम आवत जावत गर्दै आइरहेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top