नाकालाई शील नगरेसम्म उपत्यकामा संक्रमण रोकिदैनः बिद्यासुन्दर शाक्य

२६ साउन, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई शील नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन् ।

उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा शील गर्नुपर्ने मेयर शक्यले बताए । हाम्रा काठमाडौ संंवाददातासँग कुराकानी गर्दै शाक्यले उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा शील गर्नुपर्ने बताए ।

उनले अहिले नै शील नगर्ने हो भने संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने बताए । उनले भने ‘उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन सक्छ । किनकी यहाँ घना वस्ति छ । एउटै घरमा धेरै व्यक्तिहरु बस्छन ।

Advertisement

घरधनि एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरु धेरैजना छन् । एउटै कोठामा धेरै व्यक्ति बसेका छन् । यहाँ बिजनेस कम्प्लेक्सहरु धेरै छन् । यहाँ बजार धेरै छ । यहाँ बजारमा आवतजावत गर्दा एकव्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरै छ ।

त्यसकारण त्यो वेला नै हामीले भनेका थियौं उपत्यका शील गरौं । उपत्यकालाई कडा गरौं । उपत्यका भित्र रहेका ४० लाख व्यक्तिमा खुकुलो गरौं तर केही व्यक्तिलाई काठमाडौं भित्र छिराउँदाखेरी काठमाडौं एउटा शान्त तलाउ भनेका थियौं, शान्त पोखरीमा ढुंगा हानेजस्तो हुन्छ ।’

Advertisement

उनले सरकाले लकडाउन खोलेपनि लामो दुरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने बतए । एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नुभनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन आग्रह गरे ।

उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिए । उनले भने ‘लकडाउन खोलेको छ । तर सरकारले अहिलेपनि लमो दुरीका सवारीसाधन चलाउन सहमति दिएको छैन् ।

नदिनु भनेको अहिलेपनि लकडाउन नै हो । लकडाउनको स्वरुप फेरिएको हो । एउटा जिल्लाबाट अर्को जिल्लामा निषेध गरिएको छ । त्यसकारण अहिले काठमाडौंमा जतिपनि भेटिएका छन यहाँ अहिलेपनि समुदायस्तरसम्म धेरै पुगेको छैन् ।

केही स्थानीय व्यक्तिमा भेटियो तर अहिलेपनि विभिन्न पेशा व्यवसायका लागि काठमाडौं बाहिरबाट आएकोमा देखिएको छ । त्यसकारण अहिलेपनि हामीले नियन्त्रण गर्नुपर्छ । यसलाई वास्ता नगर्ने, हेलचेक्रयाई गर्ने हो भने रोक्न गाह्रो हुन्छ ।’

मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपि आउने प्रवृतिले संक्रमणको अहिलेको स्थिति देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले भनेको निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनैपनि संक्रमण देखिनेवाला थिएन् ।

हाम्रो कुरा सरकारले मानिदियो हामीले सरकारसँग अनुरोध गरेका थियौं । नाकामा कडाई गर्न भन्यौं गृह मन्त्रालयले त्यही अनुसार परिपत्र जारी गरेको छ । तर यहा लुकिछिपि आउने प्रवृति रहयो ।’ कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, बिहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारलाई दवाव दिने नाउँमा हुने जुुलुस र नाराबाजिका कारण जोखिम बढेको बताए ।

उनले सरकारको समर्थन र विरोध गर्ने गतिविधि नगर्न समेत आग्रह गरे । उनले भने ‘कोरोनाको जोखिम भएसम्म मठमन्दिरहरु बन्द गरेका छौं । धर्मशालाहरु बन्द गरेका छौं । विहारहरु बन्द गरेका छौं । मन्दिरहरुमा अहिले हामीले भेटघाट गर्न दिएका छैनौं ।

त्यो सँगसँगै विभिन्न ठाउँमा हुने गतिविधि पनि रोक्नुपर्छ । यहाँको नाराजुलुस गर्ने पनि रोक्नुपर्छ । यहाँ काठमाडौंमा अनसन बस्ने अरु विभिन्न गतिविधि गर्ने सरकारको समर्थनमा होस वा सरकारको विरोधमा होस त्यो सबै गतिविधि रोक्नुपर्छ ।’

उनले सरकाले पीसीआर परीक्षण गर्ने भन्दा पनि संक्रमण नै फैलन नपाउने गरी काम गर्नुपर्नेमा जोड दिए । पीसीआर परीक्षण कुनै औषधि नभएकाले यसलाई रक्षात्मक रुपमा लिनुपर्ने तर संक्रमणको रोकथामका लागि प्रतिकात्मक कदम चाल्नुपर्ने बताए ।

उनले पीसीआर बढाउने भन्दापनि संक्रमण फैलन नदिनको लागि काम गर्नुपर्ने बताए । उनले भने ‘मेरो भनाई के हो भने पीसीआर औषधि होइन । पीसीआर भनेको परीक्षण मात्रै हो । परीक्षणले आजको स्थिति मात्रै जनाउँछ त्यसले औषधिको काम गर्दैन ।

एकपटक पीसीआर परीक्षण गरेपछि फेरी समुदायमा जाँदा त्यसले फेरी संक्रमण फैलिन्न भन्न सकिदैन । मैले आज पनि डाटा लिएको छु थानकोट नाकामा १० हजारको पीसीआर गराएको छ, कति त पीसीआर नगरीकन छिरेका छन् ।

१० हजार मान्छेको पीसीआर गराउँदाखेरी त्यसको खर्च कति होला । हामीले डिफेन्सीभ होइन अफेन्सीभ ढंगले जानुपर्छ । हामीले रोगलागेपछि उपचार गर्नुपर्छ भन्दापनि रोग नै लाग्न नदिनको लागि अगाडि बढ्नुपर्छ । अनि पीसीआर बढाऔं, हुलमुल नगरौं, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ भन्ने अनि त्यहाँ सबै क्याटवाल्क गराएर फेसन शो गराएर पत्रकारलाई भेला गराउँदा त्यहाँ रोग फैलने सम्भावना हुँदैन ।’

सरकारले काम नै गर्न सकेन भन्ने आरोप लगाउने भन्दापनि सरकारले बनाएका मापदण्ड र नियमहरुलाई पालन गर्न आग्रह गरे । मापदण्ड र नियमलाई मालना नगरे आगामी दिनमा भयावह स्थिति आउन सक्ने र स्थिति नियन्त्रण बाहिर जानसक्ने शाक्यले बताए ।

उनले भने ‘हामी सबै सचेत हुनुपर्छ । सरकारलाई गरेन भनेर गालि गर्नेमात्र होइन सरकारले गरेका राम्रा कुराहरु पालना गर्ने दायित्व सबैको हो । जिम्मेवारी सबैको छ । सरकारको आफ्नै ठाउँको जिम्मेवारी छ । हामी स्थानीय सरकारका प्रमुख लगायत वडा अध्यक्षहरुको आफ्नै जिम्मेवारी छ । सम्पूर्ण महानगरबासी र देशभरका नागरिकको आफ्नै जिम्मेवारी छ ।

जिम्मेवारी आफुले पालना नगर्ने अरुलाईमात्रै दोष लगाएर बस्ने हो भने यसको समाधान हुँदैन भोली यति भयावह फैलिन्छ की त्यो निन्त्रण भन्दा बाहिर रहन सक्छ ।’ नाकामा लुकिछिपि आउने र ल्याउन सहयोग गर्ने सबैलाई कारवाही गर्नुपर्ने उनले बताए ।

शाक्यले मानिसहरुलाई सहजै आउन दिने र क्वारेन्टाइनमा राख्ने भन्ने कुरा सम्भव नभएको बताए । उनले भने ‘नाकामा आएर छोडने होइन । नाकासम्म ल्याइपु¥याउने लुकिछिपि आउने र लुकिछिपि ल्याउन सहयोग गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

होइन भने त्यहाँ ल्याएर छोडिदिने अनी यहाँ ल्याएर क्वारेन्टाइनमा राख्नुप¥यो भन्यो भने कति मान्छेलाई राख्ने ।’संक्रमण देखिएका ठाउँलाई मात्रै शील गर्ने कुरा पनि संक्रमण रोकथामको उपयुक्त उपाय नभएको शाक्यको भनाई छ । कन्ट्याक्ट ट्रेसिङका लागि सहज बनाउन मात्र शील गर्ने भएकाले यो क्षणिक हुने उनले बताए ।

संक्रमणलाई नियन्त्रणमा लिनको लागि नाकामा नै शील गरेर आवतजावत बन्द गर्नुको विकल्प नरहेको उनले बताए । उनले भने ‘हाम्रो भनाई के हो भने शील गर्नु क्षणिक मात्रै हो । कन्ट्याक ट्रेसिङको लागि मात्रै हो । वडावडाले गरेर त्यो पनि हुन सकदैन ।

कुनै वडाले मलाई भनेको छ काठमाडौं बन्दगर भन्ने त्यो समाधान होइन । कुनैले ललितपुर बन्द भन्ने त्यो समाधान होइन । त्यो क्षणिकको लागि कन्ट्याक्ट ट्रेसिङको लागि सजिलो होस भन्ने मात्रै हो । त्यसकारण बन्द गर्ने हो भने नाका नै बन्द गर्नुपर्छ ।

अनी विभिन्न जिल्लाबाट आउने व्यक्तिहरुलाई बन्द गर्नुपर्छ । अव आउने घुलमिल गर्दै जाने हो भने परीक्षण गनै सक्दैन ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top