×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट लिन सकिएन सूचना

२६ श्रावण २०७७

२६ साउन, ललितपुर ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन सकेको छैन । नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या हुँदा हालसम्म यसले आफ्नै कार्यालयबाट जानकारी लिन नसकेको हो ।

Advertisement
Advertisement

नाष्टले उचित रेडियो खरिद प्रक्रियामा समय खर्च गरिरहेकाले आफ्नै सूचना प्रवाह गर्ने माध्यमबाट भू–उपग्रहको सूचना र तस्वीर लिन ढिलाइ भएको प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । उनले भने, “हामीले ‘नेपाली स्याट–१’ बाट प्रवाह हुने सम्पूर्ण जानकारी हासिल गर्न सदस्य देशहरुसँग समन्वय गरी अघि बढिरहेका छौं। यो रेडियो उपकरण अन्य देशमा नरहेको तर अफ्रिकी मूलुकबाट ल्याउनुपर्ने भएको छ ।” नाष्टले भूटान, जापान, बङ्गलादेश आदिको भूउपग्रहसँग दैनिक समन्वय गरी सूचना र तस्वीर लिने काम गरिरहेको ढकालले बताए ।

नाष्ट कार्यालयमा हाल भएको रेडियोले सूचना प्रवाह गर्न नसकेको, रेडियो सङ्केतमा फ्रिक्वेन्सी म्याचिङ नभएको र पुरानो ढाँचाको रेडियो आवश्यक भएको तर पुरानो ढाँचाको रेडियो उपकरण निर्माण बन्द भएकाले समस्या भइरहेको प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए ।

‘नेपाली स्याट–१’ ले केही समयअघि जापानबाट पहिलो पटक सूर्य र पृथ्वीका साथै चीन र भारत सीमा तस्वीर पनि कैद गरिसकेको बताइएको थियो । अमेरिकास्थित भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट १५ महिनाअघि ‘नेपाली स्याट–१’ का साथै श्रीलङ्काको भूउपग्रह ‘रावण–१’ र जापानको भू–उपग्रह ‘युवुसु’ पनि एकैसाथ प्रक्षेपण गरिएको थियो । ती भू–उपग्रह पृथ्वीबाट ४०० किलोमिटर माथि अन्तरिक्षमा रहेका छन् । नेपालीस्याट–१ भू–उपग्रहबाट हरेक जानकारी हासिल गर्न पाँच मेगा पिक्सलको क्यामेरा जडान गरिएको छ । नेपाल सरकारले सन् २०१७ देखि उक्त भू–उपग्रह निर्माणको योजना अघि बढाएको थियो ।

विसं २०७६ वैशाख ४ गते प्रक्षेपण गरिएको सो नेपाली स्याट–१ ले करिब दुई महिनापछि असार २ गतेदेखि पृथ्वीको परिक्रमा शुरु गरेको थियो । पृथ्वीको परिक्रमा गर्नुपूर्व सो भूउपग्रह डेढ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रह्यो । उक्त भूउपग्रह पहिलोपटक पृथ्वीमा छाडिएको दिन नाष्टको श्रोतागण कक्षमा जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा) ले प्रत्यक्ष प्रसारण गरेको थियो । सो दिन नाष्टमा प्रत्यक्ष प्रसारण गराउन जाक्साका केही विज्ञ पनि नेपाल आएका थिए ।

संयुक्त राष्ट्रसङ्घले सो भू–उपग्रह निर्माणका लागि स्पेस टेक्नोलोजी इञ्जिनीयरिङमा विद्यावारिधि गरेका आभाष मास्के र नेपालको इलेक्ट्रिकल तथा कम्युनिकेशन इञ्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठलाई जापानको ‘वर्ड–थ्री’ परियोजनाअन्तर्गत छात्रवृत्तिसहित विभिन्न व्यवस्थापनमा सहयोग गरी नेपालको विकासमा ठूलो योगदान पु¥याएको छ । ‘नेपाली स्याट–१’ नामक भू–उपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकम चिह्न अङ्कित छ ।

सो भू–उपग्रह प्रक्षेपण भएपछि पहिलो चरणमा भूटान अनि नेपाललाई जानकारी दिइएको नाष्टका अन्तरिक्षयान प्रविधि (एरोस्पेस) इञ्जिनीयर मिलनकुमार न्यौपानेले जानकारी गराए । तीनवटै भू–उपग्रह २० मिनेटको अन्तरमा नेपाल, श्रीलङ्का र जापान गरी क्रमैसँगै प्रक्षेपण भएका थिए । एक किलो ३०० ग्राम तौल तथा एक हजार घनत्व आकार भएको भू–उपग्रहमा छ वटा ब्याट्री जडान गरी सूर्यको तापबाट चल्ने बनाइएको नाष्टले जनाएको छ ।

नेपालले पहिलो पटक प्रक्षेपण गरेको सो भू–उपग्रहले नेपाली जनशक्ति निर्माण, उनीहरुको क्षमता विकास, अन्तर्राष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा मानिसको उपस्थिति र उत्साही युवाको पहुँचको दृष्टिले अघि बढ्न सहयोग पुग्ने बताइएको छ ।

वास्तवमा एउटा भूउपग्रहले सबै काम गर्न सक्छ तर नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह ‘न्यानो’ स्याटलाइट भएकाले यसबाट वातावरण परिवर्तन, शहरी क्षेत्रको व्यवस्थापन, शैक्षिक अध्ययनन र अनुसन्धानमा मात्र जोड पुग्ने देखिन्छ । नेपाली वैज्ञानिकका अनुसार ‘नेपाली स्याट–१’ले एक पटक पृथ्वीको परिक्रमा गर्न ९० मिनेट लगाउँछ । विश्वमा लगभग ४० हजार भू–उपग्रह निर्माण भयो भने पूरै पृथ्वीको परीक्षण गर्ने माध्यमको पूर्णता हुनेछ ।

Advertisement

भू–उपग्रहले सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । यसको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुने बताइएको छ । नाष्टको ग्राउण्ड स्टेशनबाट सङ्कलन गरेको तस्वीर व्यावसायिक काममा त्यति प्रयोग गर्न नमिल्ने नाष्टका वैज्ञानिकको भनाइ छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top