कपिलवस्तुमा भोलीदेखि साउन ३२ सम्म निषेधाज्ञा

२६ साउन, कपिलवस्तु ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणाका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मंगलबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । मंगलबार बिहान ५ बजेदेखि लागु हुने गरी साउन ३२ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

प्रदेश ५ का १२ जिल्ला मध्ये कपिलवस्तु सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेको जिल्ला हो । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को सोमबार बसेको बैठकले अत्यावश्यकीय बाहेक अरु सबै खाले व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजेदेखि १० बजेसम्मको समय छुट्याइएको प्रजिअ पौडेलले बताए ।

प्रजिअ पौडेलले भने– ‘बैठकले अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबाहन र राजमार्ग भएर गुड्ने सवारी साधनहरु (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेकका यस जिल्लाभित्र गुड्ने सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ । त्यसै गरी सबै किसिमका व्यापार, व्यवसाय बन्द गर्ने, उद्योग धन्दा, कलकारखानाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्युनतम स्वास्थ्य मापदण्ड अपनाइ सञ्चालन गर्न सक्ने, सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।’

Advertisement

निषेधाज्ञा अवधिमा पूर्वपश्चिम राजमार्गमा बाहेक अन्य भित्री सडकहरुमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । यसअघि स्थानीय प्रशासनले जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कपिलवस्तुमा आइतबारसम्म ८ सय ५७ जना कोरोना संक्रमित रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top