×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल बक्सिङ संघमा देखियो आन्तरिक विवाद

२७ श्रावण २०७७

२७ साउन, काठमाडौं । नेपाल बक्सिङ संघ नीति अनुसार चल्न नसकेको भन्दै संघका पदाधिकारीबीचको विवाद उत्कर्षमा पुगेको छ ।

आर्थिक अनियमितता, एकलौटी रुपमा संघ सञ्चालन गरेको भन्दै संघका अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्यबीच विवाद छ ।

Advertisement
Advertisement

यति वेला नेपाल बक्सिङ संघ आन्तरिक विवादको चंगोलमा रुमलिएको छ । दुई फरक समूहको नेतृत्वमा आरोप प्रत्यारोप भइरहेको छ । अध्यक्षको गुटमा कार्यसमितिको बहुमत छ भने महासचिवको समूहमा कोषाध्यक्षसहितका पदाधिकारी छन् ।

अध्यक्षले एकलौटी रुपमा संघ सञ्चालन गरेको, आर्थिक पादर्शीता नभएको जस्ता आरोप महासचिव सविनले अध्यक्ष समूहलाई लगाएका छन् ।

आन्तरिक खिचातानीको भूमरीमा रुमलिएको संघले सम्भावनाका बावजुद पनि अपेक्षित सफलता हात पार्न सकेको छैन । किचलोका कारण संघले आफ्नै आयोजनामा हुने राष्ट्रिय प्रतियोगिता समेत गर्न सकेको छैन ।

प्रतियोगिता तयारी गरिरहेका खेलाडी नेतृत्वको चपेटामा परेका छ । विवाद समाधनका लागि अध्यक्ष र कार्यसमितका पदाधिकारीहरु बसेर छलफल गर्नु पर्ने महासचिव भट्टचार्य सुझाव दिन्छन् ।

यता अध्यक्ष राम अवाले भने महासचिवको आरोपमाथि छलफल गर्न पनि चाहँदैनन् । निरन्तर पर्यास गर्दापनि अध्यक्ष अवाले सम्पर्कमा आउन चाहेनन् ।

संघका महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै छानविन गर्न माग सहित राखेपमा उजुरी दिएका थिए ।

सोही उजुरीलाई टेकेर राखेपले अध्यक्षलाई विवरण पेश गर्न आदेश गरेको छ । नेपालले पदक ल्याउने मध्येको खेल बक्सिङ हो ।

Advertisement

आन्तरिक खिचातानीमा संघ रुमलिँदा खेलाडीमा कस्तो असर पर्छ नेतृत्वले ध्यान दिन जरुरी छ । अनि नियमक निकायले निगरानी राखेर उचित कदम चाल्दा खेलाडीको हित हुन्थ्यो कि ?

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top