प्युठानमा थप ७ सैनिक जवानमा कोरोना पुष्टि

२७ साउन ७७, मंगलबार

२७ साउन, दाङ ।
घर विदा सकेर क्याम्प फर्किएका सैनिक जवानमा कोरोना पुष्टि भएको छ।

Advertisement

मंगलबार गरिएको स्वाव परिक्षणमा थप ७ जना सैनिक जवानमा कोरोना पुष्टि भएको हो। यसअघि सोमबार १४ जना सैनिक जवानमा कोरोना पोजेटिभ देखिएको थियो। ईन्द्रध्वज गण प्युठानको आन्तरिक क्वारेन्टिनमा बसेका ७ जना सैनिक जवानमा मंगलबार कोरोना देखिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।

७ जना सैनिक जवान र तीन जना अन्य व्यक्ति गरी थप १० जनामा कोरोना पुष्टि भएको हो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गरिएकोमध्ये २५ देखि ३६ वर्ष उमेर समुहका छन्।

Advertisement

जसमध्ये एकजना माण्डवी गाउँपालिका र २ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले जानकारी दिए। प्युठानमा सक्रीय संक्रमित ३८ जना भएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top