सुशील भट्टलाई तत्काल काम गर्न नदिन उच्च अदालतको आदेश

२७ साउन, काठमाडौँ ।
उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार अधिवक्ता जयबहादुर भुजेलले दायर गरेको निवेदनमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले भट्ट स्वयंलाई पनि सीईओको हैसियतले काम नगर्न र कामकाज गर्न नलगाउन सरकारका नाममा आदेश जारी गरेको हो ।

उच्च अदालतले भट्टले व्यवस्थापकको रुपमा काम गरेको १० वर्षको अनुभव नभएको भन्ने सवालमा दुवै पक्षबीच छलफलपछि निर्णय दिनुपर्ने भन्दै आईतबार दुवै पक्षलाई झिकाएको छ । भट्ट लगानी बोर्डमा हाजिर भइनसकेको सूचना आएको भन्दै उच्च अदालत पाटनले दुवै पक्षबीच छलफल नहुँदासम्म निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । उच्च अदालतले यो मुद्दामा अदालतको सहयोगी (एमिकस क्यूरी)को रुपमा दुईजना वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई उपस्थित गराउन भनी उच्च अदालत बार एसोसिएसन पाटनलाई पनि आदेश गरेको छ ।

‘उनलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्नु, नगराउनु । जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्नु,’ आदेशमा भनिएको छ, ‘विपक्षी सुशील भट्टले बोर्डको सीईओको हैसियतले कुनै काम नगर्नु । उनलाई सो हैसियतले कुनै काम गर्न नलगाउनु ।’

Advertisement

अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्तिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top