×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाजुराको अजयटोड्की गाउँ सम्पर्कविहीन, उद्धार टोली बीच बाटोबाटै फिर्ता

२८ श्रावण २०७७

२८ साउन, बाजुरा ।

गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगंगा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ ।

Advertisement
Advertisement

झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् ।

प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिंँडेको थियो । नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ । हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताए ।

झोलुङ्गे पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ । त्यहाँ कोही जान सकेको छैन, सञ्चार सम्पर्क छैन । कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले बताएको छ । पुलसँगै बस्तीसमेत जोखिममा परेको र केही घरसमेत बगेको स्थानीयवासी रामबहादुर बुढाले बताए ।

अजयटोड्की गाउँका २० घरधुरीमा ९७ जना छन् । हेलिकप्टरका लागि पहल भइरहेको र चाँडै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

बाढीका कारण बस्ने घरदेखि लगाउने कपडा र एक छाक खानका लागि एक मुठी अन्नसमेत स्थानीयवासीले बचाउन सकेका छैनन् । खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैसीले तत्काल हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरिनुपर्ने बताए ।

गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले भने गृहमन्त्रीलाई भेटेर गौमूल, बडीमालिकालगायत नदी क्षेत्रका बस्तीमा पारेको प्रभावका बारेमा सबै जानकारी गराइसकिएको र उद्धारका लागि पहल भइरहेको बताए ।

शिशु मृत फेला, आमा बेपत्ता

त्रिवेणी नगरपालिका वडा नं. ८ कालापानीस्थित बूढीगंगा नदीको छेउमा एक बालिका मृत भेटिएकी छन् । प्रहरीका अनुसार बालिका त्रिवेणी–८ पन्ताली घर भएका खडक लुहारकी सात महिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।

Advertisement

बालिकाका बाबुका अनुसार मंगलबार बिहान आमा–छोरी घरबाट निस्केका थिए । बालिकाकी आमा पनि सम्पर्कमा छैनन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top