जनकपुरका पूर्वमेयरको कोरोना संक्रमणबाट निधन

२८ साउन ७७, बुधबार

२८ साउन, जनकपुर ।
कोराना भाइरस संक्रमणबाट जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ ।

Advertisement

मंगलबार राति काठमाडौंको मेडिसिटी अस्पतालमा उनको मृत्यु भएको हो । उनी ७३ वर्षका थिए । १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनी अस्पतालमा भर्ना भएका थिए । गिरीको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

जनकपुरको मिल्स एरियास्थित रामा होटलका सञ्चालकसमेत रहेका गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो ।  नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म अध्यक्ष रहेका मृतक गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए ।

Advertisement

नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुई छोरा र श्रीमती छन् । उनका दुवै छोरा डाक्टर हुन् । ब्रुनाईमा रहेका गिरीका जेठो छोरा काठमाडौं फर्किसकेका छन् । कान्छो छोरा भने अस्‍ट्रेलियाको सिड्नीमा बस्छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top