काम गर्ने वातावरण नभएको भन्दै नारायणी अस्पतालका स्वास्थ्यकर्मीद्वारा सांकेतिक राजीनामा

२७ साउन ७७, बुधबार

२८ साउन, वीरगन्ज ।
नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले विरोध जनाउनका लागि सांकेतिक राजीनामा दिएका छन् ।

काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले आफ्नो रोष प्रकट गर्न सामूहिक रुपमा नै सांकेतिक राजीनामा दिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताएका छन् ।

७ वटा अस्पताल चहार्दाचहार्दै पनि उपचार नपाएर मृत्यु भएकी वीरगन्ज महानगरपालिका–२ छपकैया निवासी विष्णु लामाका आफन्त र स्थानीयले गत आइतबार विरोध प्रदर्शन गरेका थिए । उनीहरुले नारायणी अस्पताल परिसरमा रहेको कोरोना बुथ र एकजना चिकित्सकको निजी कारमा तोडफोड गरेका थिए ।

Advertisement

तोडफोडमा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ । पछिल्लो ६ दिनयता वीरगन्जमा उपचार नपाएर ४ जनाको मृत्यु भएको छ । त्यही दिन साँझ चिकित्सक र स्वास्थ्यकर्मीले मेसुलाई काम गर्न सक्ने अवस्था नभएको भन्दै राजीनामा बुझाएका थिए ।

मेसुले उक्त राजीनामा साउन २५ गते नै प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए । ‘सुरक्षा व्यवस्था कडा पार्नका लागि सांकेतिक राजीनामा हो,’ मेसु उपाध्यायले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मी काममै छन् ।’ यसैबीच अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष सन्तोष सिंहले सुरक्षाको उचित व्यवस्था मिलाउन दबाब सिर्जना गरिएको बताए ।

Advertisement

‘काम नगर्नका लागि सामूहिक राजीनामा दिएको हैन्,’ उनले भने, ‘अस्पतालमा काम गर्ने कर्मचारीहरुलाई सुरक्षाको उचित व्यवस्था मिलाउन र अन्य आवश्यक विषयमा दबाब दिन त्यो सांकेतिक विरोध हो । तर, कर्मचारीहरुले हालको परिस्थतीलाई मध्यनजर गर्दै वास्तविक रुपमै राजीनामा दिएको हैन ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top