पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया संक्रमितको मृत्यु

२८ साउन ७७, बुधबार

२८ साउन, ललितपुर ।
पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

Advertisement

साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।

त्यस्तै मंगलबार राति जनकपुरकै ७३ वर्षीय कोरोना संक्रमित पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार राति नै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top