सर्वाधिक आय गर्ने पुरुष कलाकारको सूचिको पहिलो नम्बरमा ड्वेन जोनसन

२८ साउन, एजेन्सी ।
हलिउड अभिनेता ड्वेन जोनसन लगातार दोस्रो वर्ष सर्वाधिक आय गर्ने पुरुष कलाकारको सूचिमा पहिलो नम्बरमा परेका छन्।

Advertisement

फोर्ब्सले सार्वजनिक गरेको सूचिमा ‘द रक’ नामले समेत परिचित पूर्व रेस्लर जोनसनले सन् २०१९ को जुन १ देखि २०२० को जुन १ को अवधिमा ८७।५ मिलियन अमेरिकी डलर आय गरेका छन्। उनले नेटफ्लिक्सको थ्रिलर रेड नोटिसका लागि २३.५ मिलियन अमेरिकी डलर पारिश्रमिक पाएका थिए।

उनले आफ्नो फिट्नेश क्लोथिङ्ग लाइन प्रोजेक्ट रकबाट पनि आय गरेका छन्। सर्वाधिक आय गर्ने शीर्ष १० पुरुष कलाकारले एक वर्षको अवधिमा कमाएको कुल रकम ५४५.५ मिलियन डलर छ। रेड नोटिसका अर्का कलाकार रायन रेनोल्डस ७१.५ मिलियन डलर आयसहित दोस्रो स्थानमा छ।

Advertisement

सूचिको तेस्रो नम्बरमा अभिनेता तथा निर्माता माकै वाह्लबर्ग छन्, उनले एक वर्षको अवधिमा ५८ मिलियन डलर आय गरेको फोर्ब्सले जनाएको छ। चौथो र पाँचौँ नम्बरमा बेन एफ्लेक र भान डिजेल रहेका छन्।

बलिउड अभिनेता अक्षय कुमार ४८.५ मिलियन डलरको आयसँगै छैटौँ स्थानमा छ। ह्यामिल्टनका क्रियटर लिन–म्यानुएल मिरान्डा, अभिनेता विल स्मीथ, एडम सान्डलर र ज्याकी च्यान पनि शीर्ष १० मा परेका छन्। सर्वाधिक आय गर्ने महिला कलाकारको सूचि भने सार्वजनिक भएको छैन।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top