मोरङका ५५ वर्षीय पुरुषको कोरोना स‌ंक्रमणबाट मृत्यु

२८ साउन ७७, बुधबार
Share this
735shares

२८ साउन, विराटनगर ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

Advertisement

प्रतिष्ठानमा उपचाररत मोरङको बुढीगंगा गाउँपालिका –२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार विहान प्रतिष्ठानमा मृत्यु प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।

श्वासप्रश्वास र उच्च ज्वरोको समस्यापछि सोमबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका उनमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। आइसोलेसनमा उपचाररत रहेका संक्रमितको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा लैजाने तयारी गरिरहेको बेला मंगलबार मध्यरातमा निधन भएको प्रवक्ता सापकोटाले बताए।

Advertisement

उनको शव आइसोलेसनमै रहेको र व्यवस्थापनका लागि सेनाको विशेष टोलीको जिम्मा लगाउने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ। यो सँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top