रुस निर्मित कोरोना भ्याक्सिन तत्कालै प्रयोग नगर्न डब्ल्युएचओको सुझाव

२८ साउन ७७, बुधबार
Share this
726shares

२८ साउन, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रुस निर्मित कोरोनाविरुद्धको भ्याक्सिन पूर्ण परीक्षण नभई प्रयोग गर्न नहुने उल्लेख गरेको छ।

Advertisement

अहिलेसम्म रुसले बनाएको भ्याक्सिनबारे मूल्यांकन गर्न पर्याप्त जानकारी प्राप्त नभएको डब्ल्यूएचओले जनाएको छ। डब्ल्युएचओ अन्तर्गतको पेन अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भनेका छन्, ब्राजिलले पनि भ्याक्सिन बनाउन थालेको भनिएको छ, तर पूर्ण परीक्षण नभइकन यी भ्याक्सिन आम प्रयोगमा ल्याउनु हुँदैन।

भ्याक्सिन बनाउने सबैले प्रकृया पालना गर्नुपर्ने र भ्याक्सिन सुरक्षित रहेकोबारे डब्ल्युएचओबाट सिफारिस लिनुपर्ने बारबोसाले बताएका छन्। गत साता पनि रुसलाई डब्ल्युएचओले भ्याक्सिन बनाउँदा अन्तराष्ट्रिय मापदण्ड पालनाका लागि आग्रह गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top