हत्या गरी फरार दुई व्यक्ति १३ बर्षपछि पक्राउ

हत्या गरी फरार दुई व्यक्ति १३ बर्षपछि पक्राउ

२८ साउन, सुनसरी । हत्या गरी फरार भएका एक ब्यक्ति सुनसरीबाट १३ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीहरुलाई १३ बर्ष पछि पक्राउ गरेको छ ।

जिल्ला अदालत सुनसरीको २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २१ बर्ष ६ महिना कैद सजाय सुनाईएका बक्लौरी-६ का ३२ बर्षीय तुलसी चौधरी र २० बर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका यी दुबै जना प्रतिवादीहरुले २०६४ बैशाख २८ गते साथीको बिबाहमा जन्ती गएको समयमा एकम्बाका सुनेरकुमार ठाकुरलाई सामान्य बादबिबादको बिषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए ।

छुरा प्रहारबाट घाईते भएका ठाकुरको उपचारको क्रममा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

घटना घटाई फरार रहेका यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साउन २६ गते शेर्पालाई रामधुनी नगरपालिका ६ बाट तथा चौधरीलाई इनरुवा नगरपालिका ४ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.