नेपाली जमिनमा भारतको दादागिरी, जताततै जमिन कब्जा

२८ साउन, काठमाडौं ।
सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेपनि नेपाली भूमिमा भारतीय अतिक्रमण कायमै छ ।

गत जेठमा सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेतको नयाँ नक्सा जारी गरेपछि अझै नेपाली भूमि भारतीय पक्षको अतिक्रणमा छ । सुस्ता, लिपुलेक, कालापानी मात्रै नभएर तराई अन्य जिल्लामा पनि भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले कञ्चनपुरमा मात्रै नेपालको १ सय २० हेक्टर प्रमाण पूर्जा सहितको जमिन भारततर्फ रहेको बताएका छन । कञ्चनपुर जिल्ला विकास समितिबाट २०५८ सालसम्म विकास निर्माणका लागि बजेट विनियोजन भएको प्याराताल क्षेत्रमा भारतीय पक्षले अहिले दावी गरिरहेको छ ।

Advertisement

‘स्ट्रिप नक्सा’को आधारमा भारतले हुलाकी राजमार्ग निर्माण र स्थानीय जनताले खेती गरिरहेको जमिनमा समेत अवरोध पु¥याइरहेको अन्तर्राष्ट्रिय सीमा सरोकार समितिका संयोजक पल्लवराज भट्टले बताए । भारतीय पक्षलाई मात्रै फाइदा पुग्ने गरी बनाइएको ‘स्ट्रिप नक्सा’का आधारमा नेपाल सरकारले निर्माण गरिरहेका नहर, विद्यालय र अन्य संरचना निर्माणमा समेत भारतले अवरोध पु¥याइरहेको उनले बताए ।

भारतले एकतर्फी रुपमा बनाएर कार्यान्वयन गर्न खोजेको ‘स्ट्रिप नक्सा’ कञ्चपुरबासीलाई मान्य नभएको उल्लेख गर्दै उनले तथ्य, प्रमाण र जग्गाधनी पुर्जाका आधारमा स्थानीयको समेत सहभागिता हुनेगरी ‘स्ट्रिप नक्सा’ पुनरावलोकन गर्न माग गरे ।

नेपालीले भोगचलन गर्दै आएको जमिन निस्सालाई बेवास्ता गर्दै भूमि भारततर्फ पर्ने गरी कसरी नक्सा तयार भयो, यसमा संलग्न पक्ष को हुन भन्ने विषयमा तत्काल छानबिन गरी कारवाही गर्न पनि उनले माग गरे ।

उनले ‘स्ट्रिप नक्सा’लाई पुनरावलोकन गर्दा सुगौली सन्धि पश्चात स्थापना गरिएका आधार सीमा स्तम्भलाई अन्तर्राष्ट्रिय सीमा रेखाङ्कनको मूख्य आधार बनाएर नियतवस सारिएका, गायव गरिएका र भत्काइएका सीमा स्तम्भहरुलाई तथ्यका आधारमा पुरानै ठाउँको खोजी गरी पुर्नस्थापना गर्न पनि माग गरे ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सन् १८६० मा तयार भएको बेस म्यापका आधारमा नदीको बहाव क्षेत्र पहिचान गरी २०४५ मा तयार भएको नक्साका कारण नै नेपाली जमिन भारततर्फ गएको हुन सक्ने बताइन ।

नेपालीले भोगचलन गर्दै आएको जमिन भारततर्फ पर्न गएको विषयमा कुटनीतिक पहल गरी समस्या समाधान गरिने उनले बताइन ।  नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले अहिले नेपाली जनताको जग्गाधनी पुर्जा भएको १ सय २० हेक्टर जमिन भारततिर परेको बताए ।

भारतले एकतर्फि रुपमा बनाएको भनिएको ‘स्ट्रिप नक्सा’ले अन्तिम रुप नपाएको उनले बताए ।  परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीले नेपालको जमिन भारततर्फ पार्ने काम जानी जानी हुनु गम्भिर भएको विषय भएकाले यो विषयमा छानबिन गरी कडा कारवाही गरिनुपर्ने बताए ।

सीमा समाधान एकपक्षीय ढंगबाट समाधान नहुने उल्लेख गर्दै उनले कुटनीतिक र सैद्धान्तिक आधारमा समाधान गर्नुपर्ने बताए ।

नेपाली सर्वेकै मिलेमतोमा नेपाली जमिन भारत तर्फ 

द्वन्दकालिन समयमा सुरक्षाको कारण देखाउँदै नेपालको तर्फबाट खटिएको तत्कालित सीमा सर्वे टोलीले भारतीय पक्षको टोलीसँग भारततिरै बसेर मुल सीमा स्तम्भलाई बेवास्ता गर्दै साक्षी स्तम्भ र सहायक स्तम्भलाई मुल स्तम्भ स्वीकार गरी स्ट्रिप नक्सा तयार गरिएको पाइएको छ ।

अहिले कार्यान्वयन गर्न खोजिएको सो नक्साले कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा रहेको ३२ नम्बर पिल्लर देखि ३३ नम्बर पिलर र ३३ देखि ३४ सम्म नेपालले भागचलन गर्दै आएको र लालपुर्जा भएको जग्गा भारतीतर पर्ने गरी सिमांकन गरिएको अन्तर्राष्ट्रिय सीमा सरोकार समितिको ठहर छ ।

यस्तै बेलौरी नगरपालिकाको वाड नम्बर ८ मा रहेको साक्षी स्तम्भ नम्बर ३८ मुल स्तम्भ मानेर नक्सा कार्यान्वयन गर्न खोजिएको छ । त्यसो हुादा हुलाकी राजमार्ग समेत भारतमा पर्ने देखिएको छ । अहिले राजमार्ग निर्माणको काम भारतीय सुरक्षाकर्मीले बन्द गराएका छन भने, ३७, ३८ र ३९ नम्बर स्तम्भको सयौँ विगाहा जमिन भारततिर पर्ने देखिएको छ ।

यस्तै बेलौरी १ र पुनर्वास नगरपालिकाको ४ नम्बर वडामा पर्ने २०० नम्बर सीमा स्तम्भ गायव छ । २०१ र १९९ नम्बर पिलरलाई आधारमा मानेर सो पिलर निर्माण गर्नुपर्नेमा २०१ बाट सोझै १९८ नम्बरमा पुग्ने गरी ३ किलोमिटर क्षेत्रको ५० देखि ९ सय मिटर चौर्डाइसम्मको भूमि भारततिर पर्ने गरी नक्सांकन गरिएको छ ।

पुनर्वास ९ मा रहेको प्यारातालभन्दा २ सय मिटर दक्षिणमा ढालिएको अवस्थामा १९५ नम्बर पिलर रहेको छ । विगतमा त्यही पिलरलाई सीमा पिलर मानिदै आएकोमा अहिले भारतले प्याराताल समेत भारतले आफ्नो दावी गर्दै आएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top