Nepal Times
Nepal Times
3
Shares

महाभुकम्पमा ज्यान गुमाउनेको स्मृतीमा रक्तदान कार्यक्रम

महाभुकम्पमा ज्यान गुमाउनेको स्मृतीमा रक्तदान कार्यक्रम

टेकराज बन्जरा
बैशाख १२,विराटनगर ः विराटनगर जुनियर जेसिसद्धारा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान नै जीवनदान हो भन्ने नारालाई आत्मसात गर्दै जुनियर जेसिसले आज विराटनगरको ट्राफिक चौकमा गरेको २३ औं खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

बि.सं. २०७२ साल बैशाख १२ गतेको भुकम्पमा परी ज्यान गुमाउनेको स्मृतीमा रक्तदान कार्यक्रम गरेको अयोजकले जनाएको छ ।
रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । सहभागिबाट ५३ पिन्ट रगत संकलन भएको विराटनगर जुनियर जेसिसका अध्यक्ष मिलाप कर्णले बताए ।

क्रियटिभ आईद्धारा प्रायोजित सो कार्यक्रम बिहान ७ बजे देखि ११ बजे सम्म भएको थियो ।
जेसिसले जनसेवाको बारेमा थुप्रै उदाहरणीय काम गर्दै आईरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.