×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तीजमा हुने भीडलाई नियन्त्रण गर्न चितवनको माडी नगरपालिका भदौ ५ सम्म सिल

२९ श्रावण २०७७

२९ साउन, चितवन । चितवनको माडी नगरपालिकाले साउन ३१ गते देखि एक हप्ताका लागि पालिका सिल गर्ने निर्णय गरेको छ।

हरितालिका तीजको अवसरमा हुने भीडभाडबाट कोरोना संक्रमणको जोखिम उच्च रहने भन्दै सोको नियन्त्रणका लागि भदौ ५ गतेसम्म यातायात तथा जनमानसलाई माडीबाट बाहिर जान तथा माडी प्रवेश गर्नमा रोक लगाउने निर्णय गरिएको मेयर ठाकुरप्रसाद ढकालले बताए।

Advertisement
Advertisement

उनले उद्योगी व्यवसायी तथा सर्वसाधरणहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्रीहरु मौज्दात राखी आ–आफ्नो दैनिकीलाई सहज बनाउन नगरवासीलाई आग्रह गरेका छन्।

नगरपालिकाले माडी प्रवेश नाकाबाट हुने आवतजावतलाई नियन्त्रण गर्न कसरास्थित नेपाली सेनाको बटुकदल गणलाई अनुरोध गर्नेको छ ।

अर्कोतर्फ भारतीय सीमाना भएकाले सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टको कार्यालयको अनुमति लिएर मात्रै हिँड्न पाउने व्यवस्था गरिएको सूचना अधिकारी प्रविण भन्डारीले बताए।

माडीमा अहिलेसम्म ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू सबै उपचारपछि घर फर्किएका छन्।

त्यस्तै, पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि इच्छाकामना गाउँपालिका पनि सिल गरिएको छ । यहाँकी एक वृद्धामा कोरोना पुष्टि भएको थियो।

चितवनसँग जोडिएको तनहुँको देवघाट गाउँपालिकाले पनि गाउँपालिका सिल गरिएको जनाएको छ।

Advertisement

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलसहित दुई जनामा कोरोना पोजेटिभ देखिएका कारण गाउँपालिका सिल गरिएको अध्यक्ष दुर्गबहादुर थापाले बताए।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top