कतारमा तीन नेपाली कामदारले पाए १५ हजार कतारी रियाल पुरस्कार

२९ साउन ७७, शुक्रबार

योगेन्द्र योगी
२९ साउन, दोहा ।
कतारको एक प्रतिष्ठित कम्पनी नासर अलअली इन्टरप्राइसेसले आफ्ना ३ नेपाली कामदारलाई कम्पनीमा लामो समयसम्म इमान्दारीपुर्वक काम गरे वापत नगद रकम पुरस्कारसहित सम्मान गरेको छ । १० वर्षसम्म अत्यन्तै मेहनतका साथ काम गरेको भन्दै कम्पनीले प्रतिव्यक्ति जनही १५ हजार कतारी रियाल हस्तान्तरण गरेको हो ।

नेपाली रुपैँया अनुसार यो रकम झन्डै ५ लाख हुन आउछ । पुरुस्कार पाउने नेपालीहरुमा चिरिङ्ग शेर्पा, एलिसबहादुर राई तथा पन्चे राई रहेका छन । नासर अलअलि इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयीमालिक अनि आफुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै नगद रकम पुरुस्कार पाएको नेपालीहरुले बताएका छन् ।

कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्ने रहेछ भन्ने आफूलाई पुर्ण विश्वास लागेको उनीहरुले बताएका छन् । आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेको उनीहरुले बताएका छन् । समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद, प्रमाणपत्र आदि पुरस्कार स्वरुप दिएर कम्पनीका मालिक नासर अलअलीले आफ्ना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउँदै आइरहेको उनीहरुले बताएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top