आज बिहान वीरगञ्जमा मृत्यु भएका बाराका २ जना पुरुषमा कोरोना पुष्टि

२९ साउन, वीरगञ्ज ।
बिहीबार विहान वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाराका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा प्रसौनी गाउँपालिकाका ६५ वर्षका र जीतपुर–सिमरा उपमहानगरपालिकाका ५० वर्षका पुरुष रहेका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएका छ ।

प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ बर्षका पुरुष पहिलेदेखि नै दमका रोगी थिए । ३/४ दिनदेखि ज्वरो र खोकी लागेपछि उनलाई अचानक स्वास प्रश्वासमा समस्या भएपछि बिहीबार बिहान नारायणी बयोधा अस्पताल लगिएको थियो । बयोधाले साढे ३ बजे नारायणी अस्पताल पठाएकोमा आकस्मिक कक्षमा उपचारको क्रममा साढे ८ बजे उनको मृत्यु भएको थियो ।

Advertisement

त्यस्तै जीतपुर सिमरा उपमहानगरपालिका–४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनलाई ४÷५ दिनदेखि ज्वरो र खोकीको समस्या देखिएको थियो । बुधबार बिहान अचानक स्वास फेर्न गाह्रो भएपछि उपचारका लागि नेशनल मेडिकल कलेज लगिएकोमा नेशनलले आईसीयू खाली नभएको भन्दै बुधबार मध्यान्ह नारायणी अस्पतलमा रिफर गरेको थियो ।

आईसीयुमा राखेर उपचार गराईरहेका बिहीबार विहान स्वास प्रश्वासमा झन् समस्या थपिदै गएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उनको बिहीबार बिहान ९ बजेतिर उनको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए । योसँगै बारामा कोरोना संक्रमणबाट मर्नेको संख्या ५ पुगेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top