×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इजरायल र यूएईबीच ऐतिहासिक शान्ति सम्झौता

३० श्रावण २०७७

३० साउन, एजेन्सी ।
इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच शान्ति सम्झौता भएको छ ।

सम्झौता भएसँगै अब मध्यपूर्वी एसियामा शान्ति बढ्ने दुई देशका नेतृत्वले विश्वास गरेका छन् । यस्तै वेष्ट बैंकको ठूलो हिस्सा मिलाउने आफ्नो योजना स्थगित गरेको इजरायलले जनाएको छ । इजरायल र यूएईले यो सम्झौतालाई ऐतिहासिक र शान्तिको दिशामा एउटा सफलता भनेका छन्।

Advertisement
Advertisement

अहिलेसम्म इजरायलको खाडीका अरब देशसँग कुनै कूटनीतिक सम्बन्ध थिएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर दुई देशबीच शान्ति सम्झौता भएको जानकारी दिएका हुन् । यो सम्झौता गराउन उनले मध्यस्थकर्ताको भूमिका खेलेका थिए ।

उनको ट्वीटमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् । यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले यस्तैखाले सम्झौता गरिसकेका छन्। केही दिनपछि इजरायल र यूएईका प्रतिनिधिहरू द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुनेछ ।

उनीहरूले लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य सेवा, संस्कृति, वातावरण, दुवैतर्फ दूतावास स्थापना र अन्य द्विपक्षीय फाइदाका विषयमा सम्झौता गर्ने तयारी गरेका छन् ।

Advertisement

सम्झौतापछिको संयुक्त वक्तव्यमा इजरायलले अरु अरब र मुस्लिम देशहरूमा पनि यस्तै सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको र त्यसलाई पूरा गर्न अमेरिका र यूएईले सहयोग गर्ने उल्लेख छ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top