कोरोना रेकर्ड तोड्दै भारतः २४ घण्टामा थपिए विश्वमै सबैभन्दा बढी संक्रमित

३० साउन ७७, शुक्रबार

३० साउन, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्।

Advertisement

बिहीबार त्यहाँ ६४ हजार १४२ नयाँ संक्रमित थपिएका छन्। यो संख्या कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुको सूचीको शीर्ष र दोस्रो स्थानमा रहेका अमेरिका र ब्राजिलमा थपिएका नयाँ संक्रमितभन्दा बढी हो।

योसँगै भारतमा संक्रमितको कुल संख्या २४ लाख ५९ हजार ६१३ पुगेको छ। भारतमा संक्रमणमुक्त हुनेको संख्या पनि बढिरहेको छ। बिहीबार ५४ हजार ७७६ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या १७ लाख ५० हजार ६३६ पुगेको छ।

Advertisement

यस्तै, पछिल्लो समयमा त्यहाँ १ हजार ६ जनाको संक्रमणबाट मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ हजार १४४ पुगेको छ। त्यहाँ अब ६ लाख ६० हजार ३०० भन्दा बढी सक्रिय संक्रमितको उपचार चलिरहेको छ।

उता, पछिल्लो २४ घण्टामा ब्राजिलमा ५४ हजार ४०२ र अमेरिकामा ५३ हजार ६२६ जना कोरोना संक्रमित भेटिएका छन्। ब्राजिलमा कोरोनाबाट थप १ हजार २०० को मृत्यु भएसँगै मृतकको संख्या १ लाख ५ हजार नाघेको छ। यस्तै, अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २२१ जनाको मृत्युसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ३०० नाघेको छ।

Advertisement

अमेरिकामा उपचाररत २४ लाख १० हजार ६६० जना सक्रिय संक्रमितमध्ये १७ हजार ३३५ जनाको स्वास्थ्य अवस्था जटिल रहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ। यस्तै, ब्राजिलमा सक्रिय संक्रमितको संख्या ७ लाख ६२ हजार ७७३ छ। जसमध्ये ८ हजार ३०० भन्दा बढीको अवस्था गम्भीर छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top