मोरङमा ६२ सहित प्रदेश १ मा ९५ जना संक्रमित थपिए

३० साउन, विराटनगर । प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीको ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला, झापाको दमकका २ महिला ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीक १ पुरुष र सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ ।

प्रदेश १ बाट शुक्रबार ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज भएकाहरु भ्mापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

Advertisement

मेची अस्पतालबाट पीसीआर परीक्षण सुरु
आज देखि मेची अञ्चल अस्पताल झापाबाट पीसीआर परीक्षण सुरु भएको छ । झापाबाट पीसीआर परीक्षण शुरु भएसँगै परीक्षणको संख्या पनि बढेको छ ।

यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरबाट पीसीआर परीक्षण हुँदै आएको छ ।

Advertisement

प्रदेश १ मा शुक्रबार २ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २८ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top