वैदेशिक रोजगार बाेर्डले आर्थिक सहायता सेवा बन्द गर्याे

३० साउन ७७, शुक्रबार
Share this
731shares

३० साउन, काठमाडौँ ।
देशभर कोरोना संक्रमितको सख्या बढ्दै गएको सरकारले सवारी पास समेत बन्द गरेपछि वैदेशिक रोजगार बाेर्डको सचिवालय काठमाडौले कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएको भन्दै बोर्डबाट प्रदान हुने प्राय सबै सेवा बन्द गरेको छ ।

Advertisement

शुक्रबार एक बिज्ञप्ति निकाल्दै बोर्डको सचिबालयले भदौ १५ गतेसम्मको लागि बोर्डबाट प्रदान हुँदै आएको आर्थिक सहायता लगायतको सेवा बन्द गरेको जानकारी गराएको छ । बोर्डबाट प्रदान गरिने आर्थिक सहायताको लागि स्थानीय तहमा निवेदन दिन सकिने र स्थानीय तहले प्राप्त कागजात सिफारिस गरेर बोर्डमा पठाउने बताइएको छ ।

बोर्डले मुलतः वैदेशिक रोजगारीको सिलसिलामा गएका नेपालीको लागि काम गर्दै आएको छ । बोर्डको अन्य सेवा आबस्यक परेमा टोल फ्रीनम्बर ११४१ मा कल गरेर बुझ्न सकिने बोर्डले जानकारी दिएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top