उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा

३० साउन ७७, शनिबार

३० साउन, सोल ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन्। छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौँ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरूले जनाएका छन् ।

बिहीबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता उनले विदेशी कुनै पनि सहयोग स्वीकार नगर्ने जानकारी गराएका थिए। उनले सबै सीमा नाका बन्द गरिरहनुपर्नेमा पनि जोड दिनुभएको सरकारी सञ्चार माध्यमले शुक्रबार जनाएको छ ।

Advertisement

उत्तर कोरियाले कोरोनाभाइरसविरुद्ध आक्रामक रुपमा आफैँ लड्ने तयारी भइरहेको पनि जानकारी दिएको छ । साथै हालैका दिनमा बाढीका कारण भत्किएका घर, सडक र पुलहरूको पुनर्निर्माण गर्ने कार्यलाई समेत तीव्रता दिएको उनले बताए ।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले मन्त्रीपरिषद्का सदस्यहरूको जिम्मेवारी हेरफेर पनि गरिएको जनाएको छ । सर्वोच्च नेता उनले महत्त्वाकांक्षासहित गत वर्षको डिसेम्बरमा पाँच वर्षे राष्ट्रिय विकास योजना घोषणा गरेका थिए।

Advertisement

तर कतिपय विज्ञहरूले भने कोरोनाका कारण उत्तर कोरियामा थप आर्थिक सङ्कटमा पर्नसक्ने विश्लेषण गरेका छन् । बैठकमा नेता किमले तीन हप्तापछि कोरोनाभाइरसको महामारी स्थिर अवस्थामा पुग्ने जानकारी दिए ।

नेता उनले यसअघि गत जुलाई अन्त्यतिर पनि पूर्ण लकडाउन तथा सङ्कटकालको घोषणा गरेका थिए । त्यस बेला धेरै प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको थियो ।रासस / एपी 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top