कतारबाट नेपाल फर्किन चाहनेको नामावली सार्वजनिक

३० साउन ७७, शनिबार

योगेन्द्र योगी
३० साउन, दोहा ।
कोरोनाका कारण कतारबाट स्वदेश फर्किन विभिन्न माध्यमबाट फारम भरेका थप ९ हजार ३ सय ८५ जना नेपालीहरुको सूची नेपाली दूतावासले सार्वजनिक गरेको छ । दूतावासले दिएको जानकारी अनुसार दूतावास मार्फत नेपाल फर्कनका लागि ५ हजार ७ सय ५७ जनाले नाम टिपाएकोमा उनीहरुको नामावली सार्वजनिक गरिएको हो ।

यस्तै कोरोनाका कारण कम्पनीले स्वविवेकले कामदार कटौती तथा कम्पनी बन्द भएपछि कतारका विभिन्न कम्पनीहरुले ३ हजार ६ सय २८ जना नेपाली कामदारलाई पठाउने विवरण दूतावासलाई उपलब्ध गराएको जनाएको छ । यो नामावली नेपाल फर्कने प्राथमिकता सूचि नभई दूतावासमा नाम दर्ता भएको जानकारी मात्र भएको पनि दूतावासले जनाएको छ ।

यस नामावली मध्येबाट प्राथमिकतामा पर्ने नेपालीहरुको सूचि हवाइ उडान तय भएसँगै क्रमश प्रकाशित गर्दै लगिने जनाएको छ । अहिलेसम्म कतारबाट ५ हजार २ सय २ जना नेपालीसहित विभिन्न कारणले मृत्यु भएकामध्ये ४६ वटा शव पनि नेपाल ल्याइएको छ । कोरोनाको महामारी फैलिएपछि कतारबाट स्वदेश फर्किने नेपालीहरुको संख्या भने दिनप्रतिदिन बढीरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top