भारतमा बनेको कोरोना खोप छिट्टै उपलब्ध हुनेः नरेन्द्र मोदी

३१ साउन ७७, शनिबार

३१ साउन, एजेन्सी ।
भारतले कोरोनाविरुद्ध ३ वटा खोप निर्माण गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

Advertisement

शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै मोदीले छिट्टै ‘भारतमा बनेको कोरोना खोप’ उपलब्ध हुने भएको बताएका हुन् । भारतमा नेसनल डिजिटल हेल्थ मिसनको सुरुवात गरिने उल्लेख गर्दै मोदीले भने, ‘सबै नागरिकलाई हेल्थ आइडी उपलब्ध गराइनेछ ।

यसमा स्वास्थ्यसँग जोडिएका सबै रेकर्ड राखिनेछ ।’ उनले अगाडि भने, ‘कोरोना महामारीका कारण नागरिक चिन्तित रहेका छ । सबैलाई कोरोनाविरुद्धको खोप कहिले बन्छ भन्ने उत्सुकता छ । म तपाईँहरुलाई जानकारी दिन चाहन्छु कि भारतमा एउटा होइन, तीन–तीन वटा खोप अलग–अलग चरणको परीक्षणमा रहेका छन् ।

Advertisement

एक पटक स्वीकृति पाएसँगै हामीले यसको व्यापक मात्रामा उत्पादन गर्नेछौं ।’ शनिबार बिहानसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ लाख ६१ हजार नाघेको छ भने ४८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top