सुनसरीमा टेलिभिजन केबुलको सेवामा मनपरी, ग्राहक आजित

३० साउन ७७, शनिबार

३१ साउन, सुनसरी ।
सुनसरीमा सन्चालन भएका केबुल च्यानलहरुले ग्राहकलाई दुःख दिने गरेको ग्राहकहरुले गुनासो गरेका छन । सुनसरी केबुल र पशुपति केबुल च्यानलले ग्राहकलाई जानकारी बिनै केबुल लाइन काट्ने साथै सेवामा मनपरि गर्ने गरेको ग्राहकहरुले गुनासो गरेका छन् ।

रामधुनी नगरपालिका वडा नं ५ की देवकुमारी कोइरालाको घरमा शनिबारदेखि टेलिभिजन च्यानल आएन । केबुलको कार्यालयमा फोन गर्दा फोनपनि उठेन । उनले भनिन्– ‘आइतबार फोन सम्पर्क भयो अनि एक महिला कर्मचारीले फोन उठाइन् र अर्को नम्बरमा फोन गर्नु भन्दै अर्काे नम्बर दिएर फोन राखिन् । यस्तै अर्काे नम्बरमा रुखो स्वरमा प्रस्तुत भएका पुरुष कर्मचारीले पैसा सकिएको होला भन्ने ठाडो जवाफ दिए ।’ ग्राहकबाट पहिल्यै जानकारी गराउने चलन छैन ? भन्ने प्रश्न सोधिएको उनले बताइन् । यसरी पटक पटकको सम्पर्कपछि मात्रै आफ्नो केबल सुचारु भएको कोइरालाले बताइन् । केबल सुचारु गराउन घरमा आएका कर्मचारीलाई सुनसरी केबुलका म्यानेजरको सम्पर्क नम्बर माग्दा आफुलाई थाहा नभएको आफूले जवाफ पाएको कोइरालाले बताइन् ।

यस विषयमा हामीले पनि सुनसरी केबुलका प्रबन्धक प्रेम बस्नेतसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । सुनसरी केबुलले मेरो टिभीको सेटअप बक्स मार्फत सेवा दिँदै आइरहेको छ । यस्तै सुनसरी केबुल मात्र हैन सुनसरी जिल्लामा रहेको अर्काे केबुल कम्पनी पशुपति केबुलको सेवामा समेत मनपरी रहेको गुनासो ग्राहकले गरेका छन् ।

Advertisement

क्लियर टिभी मार्फत सेवादिने पशुपति केबुल समयमा सेवा नदिने, ग्राहकले गुनासो गर्नासाथ सर्भिसको लागि नआउने लगायत रहेको रामधुनी ५ स्थित पशुपति केबुलकाग्राहक रबिन अधिकारी बताउँछन् । इटहरी बसोबास गर्ने मिना अधिकारी बन्जाराको पनि सुनसरीमा रहेका केबुल च्यानलहरु जिम्मेवार नरहेको गुनासो गर्छिन् । समयमै नवीकरणको जानकारी नपाइने, सेवा गुणस्तर नभएको गुनासो गर्दा केबुलका कर्मचारी समयमा नआउने जस्ता समस्या झेल्नु परेको मिनाको गुनासो छ । केबुल कम्पनीहरुले विद्युतीय भुक्तानीको ब्यबस्था नगर्दा समेत थप समस्या भएको ग्राहकवर्गको गुनासो छ ।

पशुपति केबुलले त सेवा नवीकरणको लागि ग्राहकलाई आफ्नो घरमा बोलाउने गरेको पाइएको छ । कम्पनीका कर्मचारीको घरमा गएर भुक्तानी गरेपछि मात्र सेवा पुनः सन्चालन हुने गरेको पाइएको छ । कम्पनीको सेवाको लागि ग्राहकले नै कर्मचारीको घर चाहार्नु उपयुक्त नहुने सरोकारवालाहरु बताउँछन् ।पशुपति केबुलको पनि सेवा नवीकरण हुने समय ग्राहकलाई जानकारी गराइदैँन । आफ्नो घरमा टेलिभिजन च्यानल आउन छोडेपछि मात्र ग्राहकले कम्पनीमा टेलिफोन गर्नुपर्ने र सेवा सकिएको जानकारी आउने गरेको केबुलका ग्राहक बताउँछन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top