कार्यदल गठनपछि पार्टी एकता सुनिश्चित भएको श्रेष्ठको दावी

३१ साउन ७७, आइतबार

३२ साउन, विराटनगर ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको विवाद समधानका लागि बनाइएको ६ सदस्यीय कार्यदलका बारेमा गलत र भ्रामक प्रचार गर्नु गलत भएको बताएका छन्।

प्रवक्ता श्रेष्ठले कार्यदलले आफ्नो काम सुरु गरिसकेको र यसले सकारात्मक सन्देश दिएको बताएका छन्। उनले कार्यदल गठनपछि पार्टी एकता सुनिश्चित भएको समेत दावी गर्दै एकताको रक्षाले सबैलाई खुसी बनाएको बताएका छन्।

उनले कार्यदलले पार्टी र सरकार सञ्चालनमा कसरी गुणातमक परिवर्तन गर्ने भन्ने सुझाब पेस गर्ने बताएका छन्।

Advertisement

‘‪कार्यदलले तात्कालिन रुपमा कोभिड–१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुनर्निमाण र अन्ततः राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ’, प्रवक्ता श्रेष्ठले आइतबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘‪यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिनेछ।‬’

प्रवक्ता श्रेष्ठ लगायतका नेता कार्यदल गठनप्रति असन्तुष्ट रहेको समाचार सार्वजनिक भइरहेको बेला उनले कार्यदलको गठनका बारेमा भ्रामक प्रचार गर्नु नितान्त गलत भएको बताएका हुन्। ‬ श्रेष्ठले पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ वैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गर्नुपर्ने बताए।

Advertisement

‘एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं,पार्टीभित्र केही विषयमा कुनै छलफल, बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन’, उनले ट्विटरमा लेखेका छन्, ‘बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ वैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top