Nepal Times
Nepal Times
3
Shares

लागुऔषधसहित ४ पक्राउ

लागुऔषधसहित ४ पक्राउ

विराटनगर, बैशाख १३ः झापाबाट २ जना र सुनसरीबाट २ जना गरी लागुऔषधसहित चार जना पक्राउ परेका छन।

झापाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट प्रहरीले दुई युवकलाई चार सय पचास ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको छ।पक्राउ पर्नेमा विर्तामोड नगरपालिका ५ बस्ने १७ वर्षीय प्रज्वल चौधरी र सोही ठाउँ बस्ने १७ वर्षीय विमल थापा रहेका छन।

उनीहरुलाई लागुऔषध नियन्त्रण व्युरोको टोलीले बुधबार अपरान्ह ४ बजेतिर पक्राउ गरेका हुन। उनीहरुले भारत पानीटंकी बजारबाट लागुऔषध लिएर आउँदै थिए। दुबैलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय काकड्भिट्टामा राखिएको छ।

यसैगरी सुनसरीको दुहवी नगरपालिका ५ ढकाल चौकबाट दुई युवक लागुपदार्थ जन्य ईन्जेक्सनसहित बुधबार पक्राउ परेका छन।

बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको को. ५ प १४९८ नम्बरको मोटरसाइकलमा सवार सुनसरी धरान-१२ बस्ने ३० वर्षीय अकुम्बा लिम्बु र धरान-१० बस्ने ३२ वर्षीय ललित लिम्बुलाई एभिल-५० एम्पुल, डाईजेल्याप-५० एम्पुल, लुपिजेसिक-५० एम्पुल, फेनारगन-२३ एम्पुलसहित बुधबार साँझ ७ बजे पक्राउ गरिएको हो।

उनीहरुले भारत जोगबनीबाट सो लागुऔषध ल्याउँदै थिए। दुबैलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.