खोलाले बगाउँदा कालिकोटका एकैपरिवारका चारजनाको ज्यान गयो

३२ साउन ७७, सोमबार

१ भाद्र, कालिकोट।
कालिकोटको नरहरिनाथ गाउँपालिका– ७ माल्कोट उच्छवको दुदुली खोलाले बगाउँदा एकैपरिवारका चारजनाको मृत्यु भएको छ ।

शनिबार बेलुका खोला तर्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका– ९ ताम्कोटकी ३३ वर्षीया देवा बोहरा, उनका छोराछोरी १४ वर्षीया विपना, सात वर्षीय हेमन्त र एक वर्षीया आकृतिको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बाँस्तोलाले बताए ।

उनी कालिकोटको नरहरिनाथ गाउँपालिका– ७ माल्कोट माइतीघर आएकी थिइन् । त्यहाँबाट फर्किने क्रममा खोलामा बगेको प्रवक्ता बाँस्तोलाले बताए । अहिलेसम्म कालिकोटमा बाढीपहिरोबाट ३६ जनाको मृत्यु भएको भने १८ जना घाइते भएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार नरहरिनाथ गाउँपालिकामा १६, महाबैमा आठ, रास्कोटमा सात, सान्नीत्रिवेणीमा दुई, पलाता, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकामा एक–एकजनाको मृत्यु भएको छ । त्यस्तै, पहिरोले घर भत्किँदा हुम्लाको ताजकोट गाउँपालिकामा तीन सय परिवार विस्थापित भएका छन् ।

लगातारको वर्षाले ताजाँकोट गाउँपालिका वडा नं. २, ३ र ४ का बासिन्दा विस्थापित भएका हुन् । बाढी र पहिरोले केही घर बगाएको र केही उच्च जोखिममा परेको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले बताइन् । ‘घर भत्किएका र उच्च जोखिममा रहेका गरी तीन सय परिवार विस्थापित भएका छन्,’ उपाध्यक्ष बुढाले भनिन् ।

Advertisement

उनका अनुसार छप्रेला बजारका घर, होटेल र पसल उच्च जोखिममा परेका छन् । त्यस्तै, गाउँपालिका कार्यालय पनि बाढीमा परेको उनले बताइन् । बाढीले अध्यक्ष, उपाध्यक्ष र प्राविधिकको कार्यकक्ष बाढीले भत्किएको छ । त्यस्तै, बाढीले उतिसेनी, छप्रेला बजार, भदालदिपु, गल्लावाडा, खर्रा, देउलागैरा, चौतारीवाडा, भियालवाडा, काउलामगडालगायत गाउँका घर भत्किएको उपाध्यक्ष बुढाले बताइन् ।

ताजाँकोट गाउँपालिका– ४ को उतिसेनी, खरी, देउला गैरामा रहेको दलित बस्तीनजिकै पहिरो गएपछि उनीहरू घर छोडेर त्रिपालमा बसिरहेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top