एनआरएनए कतारले दियाे १४ जना नेपालीलाई निशुल्क हवाई टिकट

२ भदौ ७७, मंगलबार

योगेन्द्र योगी
२ भदौ, दोहा ।
कोरोना भाईरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर, हवाई भाडा जुटाउन नसकेका १४ जनालाई निशुल्ट टिकट सहयोग गरी नेपाल पठाईएको छ ।

Advertisement

कतारस्थित नेपाली दूतावासको संरक्षकत्व तथा सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली ब्यावसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार १४ जनालाई हवाई टिकट दिईएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान जानकारी दिए ।

पहिलो चरण जुलाई १८ तारिखमा दुबै मिर्गौला गुमाई लामो समयदेखि हस्पिटलमा उपचाररत कपिलवस्तुका अब्दुल मुगिस मु र दार्चुलाका कमान सिंङ महरलाई निःशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल पठाएको उनले बताए । यस्तै, जुलाई १९ तारिखमा लामो समयदेखि एनसीसीको सेल्टरमा रहेका संखुवासभाका साल बाहदुर कार्की र सप्तरीका रामप्रीत ठाकुरलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको जनाएको छ ।

Advertisement

दोस्रो चरणमा अगष्ट १४ तारिखमा सर्लाहीका राम दुलार चौधरी,उदयपुरकी ज्ञानुका पोख्रेल, ईलाम कृष्णा राई, कपिलवस्तुका मोहम्मद खुरसिद, मोरङका ईश्वर कुमार श्रेष्ठलाई निशुल्क हवाई टिकट उपलब्ध गराई स्वदेश पठाएको छ । यसैगरी, अर्घखाँचीका अनीश मियाँ, झापाका रामचन्द्र राजबंसी, कपिलवस्तुका गुरू प्रसाद चौधरी, धनुषाका अजिज अन्सारी तथा सिरहाका चन्द्र बहादुर मगरलाई निशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको अध्यक्ष मुसलमानले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top