पोखरामा आज रातिदेखि निषेधाज्ञा लागु हुने, चाडपर्वका अवसरमा हिँडडुल गर्न नपाइने

पोखरामा आज रातिदेखि निषेधाज्ञा लागु हुने, चाडपर्वका अवसरमा हिँडडुल गर्न नपाइने

२ भदौ, पोखरा । पोखरा महानगरपालिकासहित कास्की जिल्लाभरि आज मंगलबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ ।

जारी गरिएको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सुरू भएर ७ गते राति १२ बजेसम्म रहनेछ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइतबार सर्वपक्षीय बैठक बसेको थियो।
महानगरमा रहेका राजनीतिक दलका नेतादेखि विज्ञले कोरोना नियन्त्रण गर्न ‘कर्फ्यु’ सम्म लगाउनु पर्ने धारणा राखेका थिए ।

बैठकमा पाएको सुझाव अनुसार नै महानगरका उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना रोकथाम समितिले सोमबार महानगरमा निषेधाज्ञा जारी गर्न प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा सिफारिस ग¥यो। सिफारिसमा कोरोना रोकथाम गर्न सोमबारदेखि रातिदेखि नै निषेधाज्ञा जारी गर्न आग्रह गरिएको थियो।

नजिकिँदै गरेको चाडपर्वका अवसरमा हुने जमघट र कार्यक्रमहरू गर्न नदिनसमेत रोक लगाउने भएको छ । नजिकिँदै गरेको कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन, ऋषि पञ्चमी, तीजलगायत चाडपर्व मनाउन मानिसकको आवत जावत रोक्न पनि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ ।

पोखरा महानगरमा कोरोना संक्रमितको संख्या २१९ जना पुगेको छ भने अझै ९० जना क्वारेन्टिनमा छन्। यस्तै पोखरामा ४ जना संक्रमितको मृत्यु भइसकेका छन्। जसमा पोखरा नै घर भएका मृतक संक्रमित १ जना मात्र रहेको पोखरा महानगरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.