×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026

रारा जाने छोटो बाटो निर्माण अन्तिम चरणमा

२ भाद्र २०७७

२ भदाै, मुगु ।

मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । छायाँनाथ रारा नगरपालिका–९ स्थित नेपालकै ठूलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमानस्थलसम्म नौ किमी र त्यहाँबाट माथिल्लो मिलिसम्म तीन किमी भएर १२ किमी पार गरेर जानुपथ्र्यो । नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुँदै पासाहाल्नसम्म पर्यटकीय मार्ग निर्माण थालेपछि सदरमुकामबाट रारा पुग्न अब सात किमी दूरी छोटो हुने भएको छ ।

Advertisement
Advertisement

कणाली राजमार्ग भएर रारा आउने पर्यटक दूरी टाढा हुँदा सदरमुकाम गमगढी नझरेर फकर्ने गर्दै आएका छन् । सदरमुकामको सिरानमा देशकै प्रमुख पर्यटकीयस्थल भएर पनि त्यसको फाइदा सदरमुकामवासीले लिन सकेको थिएनन् । अब सदरमुकामबाटै छोटो दूरीको पर्यटकीय मार्र्ग निर्माण सम्पन्न भए रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक जिल्ला सदरमुकाम भएर सिधै रारा जान सक्नेछन् ।

रारा देशकै प्रमुख पर्यटकीयस्थल भएर पनि यहाँ खान, बस्नको भरपर्दो व्यवस्था नहुँदा स्वर्गमा आएर बाँस, गाँसको समस्या भोग्नुपरेको पर्यटकले गुनासो गर्दै आएका थिए । सदरमुकामबाटै छोटो दूरीमा रारा पुग्ने पर्यटकीय यो मार्ग निमार्ण सम्पन्न भएमा सदरमुकाममा रहेका सुविधासम्पन्न होटेलमा पर्यटक बास बस्न, रारा घुमेर पुन बास बस्न सदरमुकाममै आउन सक्नेछन् ।

रारामा तालबाहेक अन्य पर्यटकीयस्थलको विकास र प्रचारप्रसार नहुँदा पर्यटक बसाई छोटाएर फर्कने गरेका थिए, सदरमुकाम बसाई भएमा यहाँ रहेका कालिका मालिका मन्दिर, छायाँनाथ, ऋणिमोक्क्ष र थार्प मष्टाकोे दर्शन गर्न पाउनुका साथै रु एकमा अङ्किल चङ्खेली हिमालको दृश्यावलोकन र भ्रमण गर्न सक्नेछन यसले गर्दा पर्यटकको बसाई लम्बिनुका साथै धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलको प्रचारप्रसार हुनेछ ।

प्रसिद्ध तीर्थस्थल छायाँनाथ शिवजीले राराको पश्चिम किनारमा लात्ती हानेकाले त्यहाँबाट पानी बाहिर जान थाल्यो र खत्याड खोला बन्यो भन्ने किंवदन्ती पनि छ । पूर्वतिर फर्केका त्रिवेणी, नदीखोला बगर, ताल तलाउ, दहलाई धार्मिक र सांस्कृतिक हिसाबले बढी महत्वपूर्ण मानिन्छ । राराको निकास पश्चिमबाट गएकाले यस ताललाई दहका रूपमा मात्र गणना गर्ने गरिन्छ । रारा तालको पूर्वतिर अग्लो सिरानीमा छायाँनाथ तीर्थस्थल छ ।

यो मार्ग बनेमा सदरमुकामबाट सिधै रारा जाँदा बाटोमा पर्ने तलितुम, सायाँखोला र माथीतुम गाउँहरुको ग्रामीण रहनसहन, चालचलन, धर्म संस्कृति देख्न पाइने छ भने यो मार्गको निर्माणले ग्रामीण पर्यटनमा पनि टेवा पुग्न देखिन्छ । रारा घुम्न आउने पर्यटकलाई सदरमुकामतर्फ तान्न र पर्यटकलाई यहाँ रहेका राराबाहेकका अन्य धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलमा ध्यान केन्द्रित गराई मुगु बसाई लम्बाउने, जिल्लाको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यले गमगढी–माथीतुम–पासाहाल्ना–रारा पर्यटकीय मार्ग निर्माण कार्य थालिएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताए ।

गत आवमा नगरपालिकाले यो मार्ग निमार्णका लागि रु ५९ लाख रकम विनियोजन गरेको थियो भने यो वर्ष पनि यो मार्गलाई निरन्तरता दिई निर्माणका लागि बजेट छुट्याएको छ । सोमबार नगरप्रमुख हरिजंग शाही, पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, वडा नं २ का वडाध्यक्ष परेकराज चौलागाई, समाजसेवी देवीकृष्ण रावल, नवराज चौलागाईसहितको टोलीले यो मार्गको निर्माण कार्यप्रगतिको स्थलगत अनुगमन गरेको छ ।

स्थलगत अनुगमन गर्दा काम सन्तोषजनक पाइएको र चालू आवमा सम्पन्न हुने गरी कामको गति बढाउन निर्माण उपभोक्ता समितिलाई सल्लाह दिएको नगर प्रमुख शाहीले बताए । उनले भने, “चालू आवमै यो मार्ग सम्पन्न भएर वैशाखबाट नै रारा जान प्रयोगमा आउँछ ।” यो मार्ग निर्माणका लागि पटक पटक विभिन्न फोरममा कुरा उठाएको र पछिल्लो समय नगरपालिकाबाट सदरमुकामवासीको सपना पूरा हुन लागेको बताउँदै उद्योग वाणिज्य सङ्घ मुगुका अध्यक्ष कमलबहादुर बुढाले यो मार्ग सञ्चालनमा आएमा सदरमुकाममा रहेका होटेल तथा अन्य व्यवसाय फष्टाउने बताए ।

Advertisement

यो पर्यटकीय मार्ग निर्माणका लागि छायाँनाथ रारा नगरपालिकाले आव ०७४/०७५ मा पाँच लाख, ०७५/०७६ मा २० लाख र गत आवमा ५० लाख छुट्याएर खर्च गरिरहेको छ ।–नृपेन्द्रबहादुर मल्ल/रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top