×

NEPAL TIMES UPDATES

Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026

हुलाकी राजमार्गमा २० पुल समस्याग्रस्त

२ भाद्र २०७७

२ भदाै, काठमाडौं ।

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गमा झण्डै २० वटा पुलको निर्माण कार्य विभिन्न समस्याका कारण अघि बढ्न सकेको छैन । सरकारले विसं २०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको यो आयोजनामा समस्याग्रस्त पुलमध्ये कतिपय एक दशकभन्दा पहिले ठेक्का सम्झौता भएका पुलसमेत छन् ।

Advertisement

समस्याग्रस्त पुलमध्ये पनि पाँचवटा पुल सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन् । कतिपय पुल अहिले मध्यस्तता (आरबिटेसन) मा गएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए । कतिपय पुलको अवधि सकिए पनि निर्माण अघि बढ्न सकेका छैन । सो आयोजना पहिले हुलाकी पुल योजनाका रुपमा रहेको थियो । सो योजनाले विसं २०६६/६७ मा ठेक्का सम्झौता गरेका पुलसमेत अझैसम्म निर्माण भएका छैनन् । उनले भने, “पछिल्लो समयमा ठेक्का सम्झौता भएका पुलभन्दा पुराना पुलमा बढी समस्या देखिएको छ ।”

त्यो समयमा भएका ठेक्का हतारमा भएकाले पनि समस्या भएको पाइएको प्रमुख बिसुरालले बताए । सो आयोजनामा कतिपय स्थानमा सडक बनिसकेर पनि पुल नबन्दा सञ्चालनमा आउन नसकेको पाइन्छ । तराई मधेशमा कतिपय खोला सानो हुँदा सवारी साधन चल्ने वर्षामा नचल्ने खालका छन् । मुख्य नदी कमला, वाग्मती, नारायणी, राप्तीमा भने पुल सम्पन्न नहुँदा आवतजावतमा समस्या भएको आयोजनाले जनाएको छ ।

राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्ला जोड्ने वाग्मती नदीमा पुल निर्माण शुरु भएको एक दशक बित्दा पनि अझै सम्पन्न भएको छैन । लुम्बिनी विल्डर प्रालिसँग विसं २०६७ मा पुल निर्माण सम्झौता भएको थियो । सो पुलमा कमसल सामग्रीको प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध गरेका थिए ।

विसं २०७० पछि पुल निर्माण अघि बढेको छैन र निर्माण कम्पनी आरबिटेनमा गएको छ । सो पुलको विवादसम्बन्धी मुद्दा अहिले अदालतमा विचाराधीन रहेकाले निर्माण अवरुद्ध छ । गत महिना प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा यो पुलसँगै चार समस्याग्रस्त पुलसम्बन्धी छलफल भएको थियो ।

राजमाार्गअन्तर्गत नै नारायणी नदीको पुल निर्माण पनि अहिले अलपत्र छ । पप्पु कन्स्ट्रक्सनले सात वर्ष पहिले पुल निर्माणको जिम्मेवारी लिए पनि निर्माण अघि बढाएको थिएन । निर्देशनालयले सार्वजनिक खरिद ऐनका आधारमा गत असारमा ठेक्का तोड्ने निर्णय गरेको थियो । पर्साको तिलावे पुलको निर्माण ठेक्का पनि पप्पु कन्स्ट्रक्सनले जेभीमै लिएको थियो । वारिपारिको सडक सञ्चालनमा आउँदा पनि पुल नबन्दा स्थानीयवासी खोला वारपार गर्न सकिरहेका छैनन् ।

आयोजनाअन्तर्गत ७० पुल निर्माणाधीन रहेको छ भने ७४ पुल डिजाइन स्वीकृतिका लागि सडक विभागमा पठाइएको छ । विभागमा पठाइएका पुलको डिजाइन स्वीकृत भएर आएपछि त्यसको ठेक्का प्रक्रिया अघि बढ्ने प्रमुख बिसुरालले जानकारी दिए । अहिलेसम्म ९३ पुल सम्पन्न भइसकेका छन् भने अध्ययन गर्न बाँकी पुल झण्डै २० रहेको बताइएको छ । उनले भने, “डिजाइन स्वीकृत भएपछि नै ठेक्का प्रक्रिया अघि बढाइनेछ ।”

सरकारले आगामी तीन वर्षमा सो आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । यहाँका कतिपय पुल डिजाइनमा जान नै बाँकी छन् भने कतिपय पुल लामो समयदेखि अवरुद्ध छन् । समस्याग्रस्त कतिपय पुलको न त निर्माण गर्न सकिने अवस्था छ न त भइरहेको ठेक्का तोड्न नै सकिएको छ ।

नयाँ पुल निर्माणका लागि झण्डै तीन वर्ष लाग्ने भएकाले पनि निर्धारित समयमै पुल सम्पन्न गर्न सजिलो नभएको प्रमुख बिसुरालको भनाइ छ । त्यस्तै, आयोजनामा झण्डै दुई सय किमी सडक राष्ट्रिय निकुञ्जलगायतका बन क्षेत्रमा पर्छ । वन क्षेत्रमा निर्माण अघि बढाउन स्वीकृति नभएकाले के गर्ने भन्ने टुङ्गो लाग्न सकेको छैन ।

पहिले हुलाकी पुल आयोजनाका रूपमा रहेकामा सरकारले पछि पूर्वदेखि पश्चिमसम्म तराईका जिल्ला जोड्ने गरी राष्ट्रिय राजमार्ग निर्माणको योजना बनाएको थियो । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा समेत यस राजमार्गलाई हेरिएको छ । तराईका भित्री बस्ती र कतिपय भारत नजिकका बस्तीका बासिन्दालाई समेत सहज यातायातको सुविधा राजमार्गले दिनेछ । सडकको चौडाइ केन्द्रबाट १५/१५ मिटर हुनेछ । सरकारले आव २०७९/८० सम्ममा सडक निर्माण गरी सक्ने लक्ष्य लिएको छ ।

गत आवमा राष्ट्रिय गौरबका मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्गभन्दा झण्डै आधा सङ्ख्यामा मात्रै पुल सम्पन्न भएको थियो । मदन भण्डारी लोकमार्गमा १७ र मध्यपहाडी लोकमार्गमा १५ पुल सम्पन्न भएको थियो । यो आयोजनामा गत आवमा आठ पुल सम्पन्न भएको थियो ।

सो आयोजनाको संशोधित बजेट रु ६१ अर्ब रहेको छ । राणाशासनमा चिठ्ठी आदानप्रदान गर्ने हुलाकी सडकको अवधारणा विकास भएको थियो । सो आयोजनाले तराई–मधेशमा रहेका जनतालाई यातायात सर्वसुलभ र सहज बनाउनेसँगै यस क्षेत्रका शिक्षा, स्वास्थ्य, कृषि, व्यापारलगायतको विकास गर्ने अपेक्षा गरिएको छ ।रासस

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top