२ भदौ, काठमाडौं ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिवारिक श्रोेतले जनाएको छ ।नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उनको महत्वपूर्ण योगदान रहेको छ ।
उनी लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका थिए । घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।
घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।