×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौंका अस्पतालहरूमा संक्रमित अटाउनै मुस्किल

३ भाद्र २०७७

काठमाडौँ : लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूलाई चाप थेग्न मुस्किल परेको छ । उपत्यकाका अस्पतालका व्यवस्थापक तथा चिकित्सकहरूका अनुसार हाल उपलब्ध सबै आइसोलेसन शय्या तथा केही हदसम्म आईसीयू पनि संक्रमितहरूले भरिएका छन् ।

नयाँ थपिने संक्रमितहरूमा कुनै जटिल समस्या देखिए व्यवस्थापन गर्न असम्भव बन्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) स्रोतका अनुसार उपत्यकामा गत साता लक्षणसहितका संक्रमितहरूको संख्या करिब ३० प्रतिशत हाराहारी थियो भने यो साता ४० प्रतिशत हाराहारी पुगेको छ ।

Advertisement
Advertisement

मुलुकभरमा मंगलबार मात्रै १ हजार १६ जना संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा २ सय ५ जना नयाँ संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यकामा संक्रमित राख्न करिब ६ सय आइसोलेसन शय्या मात्रै उपलब्ध छ । कोभिड–१९ का बिरामीहरूको उपचारका लागि भेन्टिलेटरको सुविधासहितका शय्याको संख्या करिब सय हाराहारी छ ।

Advertisement

सरकारले देशभरमा उपलब्ध कुल आईसीयू शय्याको संख्या ९ सय ४६ र भेन्टिलेटरको संख्या ४ सय ९६ उल्लेख गरे पनि ती सबै कोभिड–१९ का बिरामीका लागि उपलब्ध हुन सक्दैनन् ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top