बाजुरामा गएको पहिरोमा दुईको मृत्यु, दुई घाइते

२ भदौ ७७, बुधबार

३ भाद्र, बझाङ ।
बाजुराका विभिन्‍न ठाउँमा मंगलबार राति वर्षापछि आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पहिरोमा परी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ की ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ३ वर्षीया सनिका बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ की ५ वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया नन्दा बुढा घाइते भएका छन् ।

राति सुतेको बेलामा घर माथिबाट आएको पहिरोले घर पुरेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए । बुढीनन्दा नगरपालिका वडा नम्बर २ धुपागाढ खोलामा बाढी आएको छ । धुपागाढ खोलामा बाढी आएपछि कोल्टीका स्थानीय सुरिक्षत स्थानमा सरेका छन् ।

Advertisement

मंगलबार मात्रै गृहमन्त्री रामबहादुर थापाले बाजुरामा बाढीपहिरोबाट भएको क्षतिको अनुगमन गरेका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top