स्वाब दिएकाबाटै समुदायमा फैलियो कोरोना !

भक्तपुर : राजधानीको एक निजी अस्पतालमा कार्यरत भक्तपुर जिल्लावासी एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएपछि जब स्वास्थ्य कार्यालयबाट उनको कन्ट्याक्ट ट्रेसिङको काम गरियो तब कार्यालयका कर्मचारी नै अचम्भित भए।

Advertisement

उनी भक्तपुरबाट सार्वजनिक गाडीबाट अस्पताल पुग्ने रहेछ। फेरि अस्पताल पुग्न नै दुई गाडी फेर्नुपर्ने। जसले गर्दा अस्पताल जाँदा दुई गाडी र घर फर्कँदा थप दुई गाडी। अब स्वास्थ्यका कर्मचारी पर्‍यो फसाद। उनले दैनिक चढ्ने ती चारवटा गाडी कसरी पत्ता लगाउने ? गाडी पत्तै लागे पनि त्यसमा सवार यात्रुलाई कहाँ र कसरी खोज्ने ?

त्यसमाथि ती कर्मचारी कोरोना भाइरस परीक्षणको लागि स्वाब दिँदा पनि होम क्वारेन्टाइनमा बसेनन्। आइसोलेसनमा पनि बसेनन्। स्वास्थ्यका कर्मचारीले स्वाब दिएपछि किन क्वारेन्टाइन वा आइसोलेसनमा नबसेको भनेर सोध्दा उनले अस्पतालले बिदा नै नदिएको जवाफ दिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

Advertisement

‘अस्पतालमा काम गर्ने कर्मचारीकै अवस्था यस्तो छ भने अरु सामान्य नागरिकको कस्तो होला ?’, उनले भने, ‘अस्पतालले नै स्वाब दिएका व्यक्तिलाई काममा लगाइरहन्छ भने अन्यत्रबाट कस्तो अपेक्षा गर्ने ?’

उनले यस्तै हेलचेक्र्याईले समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको दाबी गरे। उनका अनुसार कोरोना परीक्षणका लागि स्वाब दिएका अनिवार्य रुपमा क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्छ तर उनीहरु रिपोर्ट आउँदासमेत यताउता घुमफिर गरिरहेको पाइएको प्रमुख मिजार बताउँछन्।, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top