४ भदौ, सुनसरी ।
सुनसरीको धरान उप–महानगरपालिका–१६ बाट प्रतिबन्धित लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् ।
स्थानीय ३४ बर्षीय किरण धिमालले आफ्नै घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा बुधवार अपरान्ह साँढे ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धिमालको घरबाट ६ केजी गाँजा बरामद गरेको हो ।
घरबाट गाँजा बरामद भएसँगै धिमाललाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
