नेपाल एअरलाइन्सको वाइडबडी आज राति सुडान उड्दै

४ भदौ ७७, बिहीबार

४ भाद्र, काठमाडौं ।
नेपाल एअरलाइन्सको जहाजले बिहीबार राति सुडानको उडान गर्दैछ ।

Advertisement

संयुक्त राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनका लागि खटिने सैनिक लिएर नेपाल एअरलाइन्सको वाइडबडी जहाज राति पौने दुई बजे दक्षिण सुडानको राजधानी जुवाको लागि उड्नेछ । जहाजले दुई सय ६० जना सैनिक लिएर जाने र शान्ति मिसनको सेवा अवधि सकेका सैनिक बोकेर फर्कने नेपाल एअरलाइन्सले जनाएको छ ।

जहाज शुक्रबार राति नेपाल फर्कने तालिका रहेको छ । नेपाल एअरलाइन्सले दोस्रो पटक सुडानको उडान गर्न लागेको हो । यसअघि गएको साउन १३ गते नेपाल एअरलाइन्सले आफ्नो इतिहासमै पहिलो पटक सुडानको लागि उडान गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top